काठमाण्डौ । कुमारी बैंकको करिब ८० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। 

कुमारी बैंकले संस्थापक सेयरधनी किरणप्रकाश साखको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो। कुल ७९ हजार १६६ कित्ता सेयर बिक्रीमा राखिएको छ। 

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउँछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ। 

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ। 

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।