काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बम्पर लाभांश पारित गर्न कर्जा सूचना केन्द्र लिमिटेडले १५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
संस्थाको सञ्चालक समितिको बैठकले यही पुस २३ गते काठमाण्डौको ठमेलस्थित छायादेवी कम्प्लेक्समा साधारणसभाको गर्ने निर्णय गरेको छ ।
सभामा गत वर्षका लागि प्रस्तावित कुल ४० प्रतिशत लाभांश पारित हुनेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजीको २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश रहेको छ ।
सभामा बोनस सेयर जारी गरेपछि कम्पनीको जारी पुँजी र चुक्ता पुँजीमा वृद्धि हुने हुँदा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रको छफा ५ (ख) र (ग) तथा नियमावलीको नियम ५ (ख) र (ग) मा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago