काठमाण्डौ । कर्णाली प्रदेशमा बितेको २४ घन्टामा थप ६५ जना कोरोना संक्रमित थपिएका छन्।
कर्णाली प्रदेशको सल्यानमा २५, कालिकोटमा १८, दैलेखमा १८ र सुर्खेतमा ४ जनामा कोरोना संक्रमण देखिएको हो। सल्यान र कालिकोटमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो।
प्रदेश अस्पताल सुर्खेतमा पीसीआर विधिवाट गरिएको स्वाब परीक्षणमा कुपिन्डे नगरपालिका २५ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित देखिएकामा कुपिन्डे १, ३, ४, ६ र ७ का १९, २०, ४०, ४७, १९ १७, २७, २७, ३८, १८, ३३, ४४, ११, १६, १८, १९, २०, २१, २१, २१, २५, २८, ३०, ३६ र ३८ वर्षीय पुरुषहरु छन्। उनीहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु छन्।
यसैगरी प्रदेश अस्पताल सुर्खेतमै गरिएको परीक्षणमा सुर्खेतका थप ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कारोना परीक्षणमा कालिकोटका १८ र दैलेखका १८ पनि कोरोना संक्रमण देखिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19