काठमाण्डौ। कर्णाली र सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा मंगलबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णालीका सुर्खेत र सल्यान तथा सुदूरपश्चिमको अछाम जिल्लामा मंगलबार २९ जना कोरोना संक्रमित थपिएका हुन्। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा सुर्खेतका ११ जना, सल्यान ९ र अछामका ९ जना कोरोना संक्रमण देखिएको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ११ जना र सल्यानको दार्मा गाउँपालिकाका ९ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।
यस्तै अछामको मंगलसेन नगरपालिकाका १ पुरुष र मेल्लेख गाउँपालिका ६ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago