काठमाण्डौ । कर्णाली प्रदेशमा सोमबार बिहान थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जनामा कोरोना संक्रमण पíट भएको हो। तीमध्ये दुईजना प्रहरी छन्।
दैलेखको नारायण नगरपालिका वडा नं। २, ४, ५ र ९ का १७ जना र दुल्लु नगरपालिका वडा नं। ८ र १२ का ७ जना संक्रमित पुष्टि भएको हो। तीमध्ये २ वर्षीय बालक र २ महिला छन्। योसँग दैलेखमा संक्रमितको संख्या ७२ पुगेको छ।
त्यस्तै जुम्लाको हिमा गाउँपालिका वडा नं। १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।
यीसँगै कर्णाली प्रदेशभर संक्रमितको संख्या १६६ पुगेको छ। अधिकांश संक्रमित भारतबाट फर्केकाहरु छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19