काठमाण्डौ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बितेको २४ घन्टाको अवधिमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुर्खेतमा रहेको पशुपंछी रोग अन्वेषण केन्द्रमा रहेको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ३२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ४३ जनामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ।
दैलेखको नारायण नगरपालिका वडा नं. १ का २ जना पुरुष, वडा नं. २ का एक पुरुष, वडा नं. ३ र ४ का ३र३ पुरुष, वडा नं. ५ का ९ पुरुष, वडा नं. ८ का २ पुरुष र वडा नं. १० का ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।
यसैगरी दैलेखकै महाबु गाउँपालिका वडा नं. ३ का २५ वर्षीय पुरुष, दुल्लु नगरपालिका वडा नं. ८ का एक पुरुष, वडा नम्बर ५ र १२ का ३ पुरुष कोरोनाबाट संक्रमित भएका छन्। दुल्लु नगरपालिकाकै वडा नखुलेका २ जना पुरुष र २ महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ।
यस्तै दैलेखकै सिमडा गाउँका दुई पुरुष, देवलकाँडा गाउँका ३ पुरुष, सोत गाउँका १ पुरुष, साडु गाउँका १ पुरुष र जुकेपानी गाउँका १ पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ।
कोरोना संक्रमितमध्ये सुर्खेतका ५ पुरुष छन्। जसमा बराहताल गाउँपालिका वडा नं. १ का ४ र वडा नं. १० का १ जना छन्।
यस्तै सल्यानका १० जनामा कोरोना पुष्टि भएको छ। जसमा वनगाड कुपिण्डे नगरपालिका वडा नं. १ का २ पुरुष, वडा नं. ३ का २ पुरुष, वडा नं. ५ का ३ पुरुष, वडा नं. ६ का १ पुरुष र वडा नं. ७ का दुई पुरुष छन्।
जुम्लाका २० जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमध्ये दुईजना जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत सुरक्षाकर्मी छन्। जिल्लाको हिमा गाउँपालिका वडा नं. १ का २ पुरुष, वडा न. ५ का ४ पुरुष, वडा न. ६ र ७ का एकरएक पुरुष, सिंजा गाउँपालिका वडा न. ३ का १ पुरुष, वडा न. ४ का ३ पुरुष, वडा न. ५ का २ पुरुष र वडा न. ६ का ३ पुरुष छन्।
पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमण पुष्टि भएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago