काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले १ अर्ब रुपैयाँ बढीको जग्गा किन्ने भएको छ।
मेगा बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले १ अर्ब १६ करोड १ लाख १ हजार रुपैयाँको जग्गा किन्ने निर्णय गरेको हो। काठमाण्डौ महागरपालिका–५ स्थित जग्गा उक्त मूल्यमा बैंकको नाममा किन्ने निर्णय बैठकले गरेको छ।
उक्त जग्गा बैंकको कर्पोरेट कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि किन्ने निर्णय गरिएको सञ्चालक समितिले जनाएको छ।
उक्त जग्गामा बैंकले कर्पोरेट कार्यालय भवन निर्माण गर्नेछ। हाल बैंकको कर्पोरेट कार्यालय काठमाण्डौको कमलादीस्थित राइजिङ मलमा रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19