काठमाण्डौ । कलश स्टक मार्केट प्रालिले धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लक्षित गरी शेयर शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले पुरस्कारसहित राष्ट्र व्यापी निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
स्थापनाको प्रथम वार्षिकोत्सव तथा विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर विवेकशिल लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा ध्यान दिनु पर्ने विषयहरु विषयमा राष्ट्रव्यापी निवन्ध लेखन प्रतियोगितामा सहभागिताका लागि लगानीकर्ता, विद्यार्थी तथा ईच्छुक सर्वसाधारणलाई आह्वान गरेको हो ।
उत्कृष्ठ निवन्धकारले प्रथम,द्धितीय तथा तृतिय पुरस्कार वापत क्रमश १० हजार रुपैयाँ,,५ हजार रुपैयाँ र ३ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
ईच्छुक व्यक्तिले व्यक्तिगत रुपमा १ हजार शव्दमा नबढाई नेपाली वा अंग्रेजी भाषामा निवन्ध लेखी आगामी कात्तिक मसान्त भित्र पठाउन सकिने छ ।
गत भदौ १० गते काठमाडौं महानगरपालिका- १० बुद्धनगरस्थित कार्यालयवाट काम शुरु गरेको कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै अनलाईन सुविधा तथा डिम्याट खातामा सहुलियत दिंदै आएको बताएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago