काठमाण्डौ । तपाइँले एन्ड्रोइड स्मार्टफोनमा धेरै सुविधा पाउनुहुनेछ। यस्तै एउटा सुविधा कल रेकर्डिङ हो।
गुगलले यस वर्षको मे महिनामा कल रेकर्डिङ एपमाथि प्रतिबन्ध लगाएको थियो। यदि तपाइँ तेस्रो पक्ष एपमार्फत कल रेकर्डिङ गर्नुहुन्छ भने तपाइँ अब यो सुविधा प्राप्त गर्नुहुने छैन। तर, यसपछि पनि तपाइँ सजिलै कसैको कल रेकर्ड गर्न सक्नुहुन्छ।
विशेषगरी गुगलले कल रेकर्डिङ भएका एपहरुलाई प्रतिबन्ध लगाएको छ। कम्पनीले प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राखेर यो निर्णय गरेको हो। कतिपय एप्सले प्रयोगकर्ताको कल गोप्य रुपमा रेकर्ड गर्ने गरेकोले कम्पनीले त्यस्ता एपलाई आफ्नो प्लेटफर्मबाट हटाएको हो।
यही कारण ट्रुकलरले कल रेकर्डिङको सुविधा पनि बन्द गरेको छ। गुगलको निर्णयले ती फोनहरुलाई असर गर्दैन जुन डिफल्ट कल रेकर्डिङ एपहरुसँग आउँछन्।
यसको मतलब गुगलले कलिङ रेकर्डिङमा प्रतिबन्ध लगाएको छैन। यदि तपाइँ एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने तपाइँ सजिलैसँग कल रेकर्ड गर्न सक्नुहुन्छ।
यस्तो छ विधि
यदि तपाइँको फोनमा गुगल डायलर प्रदान गरिएको छ भने तपाईले आफ्नो कल तीन तरिकामा रेकर्ड गर्न सक्नुहुन्छ। सबैभन्दा सजिलो तरीका भनेको कल म्यानुअल रुपमा रेकर्ड गर्नु हो। यसका लागि सर्वप्रथम गुगल डायलरबाट कल गर्नुपर्नेछ। त्यहाँ तपाइँले स्क्रिनमा रेकर्डिङको विकल्प पाउनुहुनेछ। यसमा क्लिक गरेर तपाइँले आफ्नो कल रेकर्ड गर्न सक्नुहुन्छ।
प्रयोगकर्तासँग स्वचालित कल रेकर्डिङको विकल्प पनि छ। यसका लागि तपाइँले अल्वेज रेकर्ड अप्सन रोज्नुपर्छ। तपाइँ यो सुविधा दुई तरिकामा अन गर्न सक्नुहुन्छ। कल रेकर्डिङ एउटा अज्ञात नम्बरहरुका लागि र अर्को चयन गरिएका नम्बरहरुको लागि। यसका लागि सेटिङमा गएर कल रेकर्डिङमा जानुपर्छ।
अल्वेज रेकर्ड अप्सनमा ‘नम्बर्स नट इन योर कन्ट्याक्स’ अन गर्नुपर्छ। त्यहीँ चुनिएका कन्ट्याक्ट नम्बरका लागि ‘सेलेक्टेड नम्बर्स’ मा क्लिक गर्नुपर्नेछ।
अब तपाइँले ‘अल्वेज रेकर्ड सेलेक्टेड नम्बर्स’लाई चयन गर्नुपर्ने र प्लस चिह्नमा क्लिक गरी ती कन्ट्याक्ट नम्बर्सहरु सेलेक्ट गर्नुपर्छ, जसको नम्बर चयन गर्नुछ। यसरी तपाइँले कलहरु सजिलै रेकर्ड गर्न सक्नुहुन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19