काठमाण्डौ । जब राम्रो कम्‍पनी छान्‍ने कुरा आउँछ,  तब लगानीकर्ता समस्यामा पर्ने गर्दछन् ।
सही समयमा उचित कम्पनी छनौट गर्न नसक्दा लगानीकर्ताले नाफाको कुरा त पर भयो, सावाँ नै गुमाइरहेका हुन्छन् ।
वित्तीय विश्लेषकहरुका अनुसार यदि तपाई कुनै कम्पनीको सेयर खरिद गर्दै हुनुहुन्छ भने आफूलाई पहिलादेखि नै जानकारी भएको वा कारोबार गरिरहेको कम्पनीको मात्र कारोबार गर्नुपर्दछ ।
राम्रो ट्रेडिङ कम्पनी नबुझीकन वा त्यसको मूल्य विश्लेषण नगरी लहैलहैमा आउने लगानीकर्ताले बजारबाट गुमाइरहेका हुन्छन् ।
यस्ता लगानीकर्ताले आँखा अगाडि जे देखिन्छ, जसले जे भन्छ, त्यही कम्पनी किन्ने गर्छन्। यसरी किन्दा कहिलेकाहीं ट्रयापमा पर्ने सम्भाबना हुन्छ । 
सेयरबजार भनेको यस्तो ठाउँ हो जतिसुकै माथि गए पनि वा जतिसुकै तल झरे पनि ‘नलेजबेस्ड’ भएर लगानी गर्ने मान्छेले त्यसबाट कमाउन सक्छ। यो जोखिमको क्षेत्र भएकाले त्यसलाई व्यवस्थित गर्नेतिर पनि ध्यान जानुपर्छ। बढ्दैमा जोखिम बढ्ने र घट्दैमा जोखिम घट्ने भन्ने पनि होइन। घट्दै गएको बजारअझै घट्ने सम्भावना पनि हुन्छ।
आजको यो वित्तीय चेतना श्रृंखलामा कसरी राम्रो ट्रेडिङ कम्‍पनी छान्ने विषयवस्तुमा जानकारी दिने प्रयास गरेका छौं । कुन कम्‍पनीको मूल्‍य आगामी दिनमा तिब्र रुपमा अगाडि बढ्दै छ या घट्दै छ भन्ने थाहा पाउन निम्‍न कुराहरुको लगानीकर्ताले आकलन गर्न जरुरि हुन्छ ।
 
१. वितीय रुपमा कम्‍पनी कति बलियो छ ? कम्‍पनीको ब्‍यालेन्‍स् सिट कस्‍तो अवस्‍थामा छ? कम्‍पनीको आम्‍दानी र नाफा अघिल्ला आर्थक वर्षहरुमा बढिरहेको छ त ? कम्पनीको ऋण के कति छ ? उल्‍लेखित कुराहरुले कम्पनीको प्रभाव देखाउँछ।
२. कम्‍पनीका भावि योजना तथा सेवाहरु के कस्तो छ ? कम्‍पनीका नयाँ उत्‍पादन तथा सेवाहरु वा विस्तारका योजानाहरु आउने चरणमा छन् या छैनन् ? आफ्‍ना प्रतिस्पर्धिको तुलनामा सेयरधनीलाई कतिको सन्‍तुष्‍ट पारेका छन् ? बजारको चुनौति र मागलाई कसरि व्‍यवथापन गरेका छन् ? यसतर्फ ध्यान दिन जरुरि हुन्छ ।
३. लाभांश क्षमता र लाभांश इतिहास कस्तो छ ? कम्पनीले वितरण गर्ने लाभांश बढ्दो क्रममा छ त ? या कति बाँड्ने क्षमता राक्‍दछ ?
४. मूल्‍य र मुल्‍यांकन  के कस्तो छ ? यसका लागि पीई हेर्नु पर्दछ । १५ सम्‍म पीई भएको कम्पनीलाई सस्‍तो मान्‍न सकिन्‍छ। तथापि सोलो गोथ्र भएमा पनि कम्‍पनी सस्‍तो नै मानिन्छ । त्‍यसैले सबै कुरामा कम्‍पनी राम्रो हुनुपर्दछ । कम्‍पनीको वास्‍तविक मूल्‍य ब्‍यालेन्‍स सिटको सम्‍पूर्ण सम्‍पतिबाट ह्रासकट्टी र दायित्त्‍व घटायर निकाल्‍न सकिन्‍छ।
५. लगानीकर्ताले बजारमा इन्‍ट्री र इक्‍जिट हुनको लागि पर्याप्‍त मात्रामा कम्‍पनीको सेयर छ, छैन त्यसतर्फ ध्यान दिनुपर्दछ ।
६.कुनै पनि कम्पनीको मूल्‍य चलायमान छ या छैन भन्नेतर्फ ध्यान दिनु पर्दछ । चलायमान कम्‍पनीमा जोखीम धेरै हुन्‍छ तर चलायमान कम्‍पनीमा कमाउने अवसरहरु भने धेरै हुन्छन्