काठमाण्डौ। आजभोलि मानिसहरुको जीवन यति तीव्र बनेको छ कि उनीहरुलाई सबै कुरा छिटोछरितो चाहिन्छ। यहाँसम्म कि मानिसहरुलाई आफ्नो स्मार्टफोन पनि चाँडै चार्ज हुने खालको चाहिन्छ।

उसो त अहिले बजारमा पाइने कयौँ स्मार्टफोनहरु फास्ट चार्जबाट सुसज्जित हुन्छन्। तर पनि कयौँपटक चार्ज ढिला हुँदा समस्याको सामना गर्नुपर्ने हुन्छ। स्मार्टफोनको चार्ज ढिला हुनुको पछाडि कयौँ कारणहरु हुन सक्छन्। जुन हतारोका कारण ध्यान जान सकिरहेको हुँदैन। 

यदि तपाइँको स्मार्टफोन पनि ढिला चार्ज हुन्छ भने यहाँ हामी तपाइँलाई केही टिप्सहरु दिँदैछौँ। जसको मद्दतले स्मार्टफोन चाँडो चार्ज हुनेछ। 

१. ओरिजिनल चार्जरको प्रयोग 

स्मार्टफोन चार्ज गर्दा सधैँ ओरिजिनल चार्जरको प्रयोग गर्नुपर्छ। बजारमा पाइने नक्कली र सस्ता चार्जरहरुको प्रयोग बिल्कुलै गर्नु हुँदैन। नक्कली र सस्ता चार्जर प्रयोग गर्दा स्मार्टफोन पड्कने र बिग्रने खतरा हुन्छ। 

२. ब्याक कभर हटाएर चार्ज गर्नुस् 

हामी सबै स्मार्टफोनलाई सुरक्षित राख्नका लागि मोबाइलमा ब्याक कभर राख्ने गर्दछौँ। तर मोबाइल चार्ज गर्दा यो ब्याक कभर नहटाइँदा हिट बाहिर जान दिँदैन र हिट ट्रयापका कारण फोनको ब्याट्रीको इफिसिएन्सी घटाइदिन्छ। त्यसैले ब्याक कभर हटाएरमात्र मोबाइल चार्ज गर्दा चाँडै चार्ज हुने गर्दछ।  

३. नक्कली डेटा केवलको प्रयोग नगर्नुस् 

कयौँपटक डेटा केवल चाँडै नै बिग्रने गर्दछ। जसका कारण मानिसहरु सस्ता र नक्कली डेटा केवलको प्रयोग गर्ने गर्दछन्। नक्कली डेटा केवल प्रयोग गर्दा मोबाइल बिस्तारै चार्ज हुने गर्दछ र मोबाइल बिग्रन सक्दछ। त्यसैले मोबाइल चाँडो चार्ज गर्ने हो भने र नबिग्रियोस् भन्ने चाहने हो भने नक्कली डेटा केवलको प्रयोगबाट बच्नुपर्दछ। 

४. यी मोड्सको गर्नुस् प्रयोग 

स्मार्टफोनलाई सधै पावर सेभिङ मोड÷ब्याट्री सेभर मोडमा राखेरमात्रै चार्ज गर्नुपर्दछ। यस्तो गर्दा स्मार्टफोनमा रहेका एक्स्ट्रा ब्याकग्राउन्ड एप्सहरु बन्द हुन्छन् र मोबाइल चाडै चार्ज हुन्छ। 

५. मोबाइललाई स्विच अफ गरेर चार्ज गर्नुस् 

तपाइँले स्मोर्टफोनलाई स्विच अफ गरेर पनि चार्ज गर्न सक्नुहुन्छ। यसो गर्दा नेटवर्क सिग्नल बन्द हुने र एप्सहरु पनि बन्द हुने हुदा मोबाइल चाँडै चार्ज हुन्छ। – एजेन्सी