काठमाण्डौ । भर्खरै आईपीओ बिक्री गरेका जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा आगामी साताबाट कारोबार ल्याउने तयारी भइरहेको छ।
यी दुवै लघुवित्तले सेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छन्। सम्भवतः ३–४ दिनमै नेप्सेमा सूचीकरण सम्झौता भएमा आगामी साताबाटै यी दुवै लघुवित्तको सेयर कारोबारमा आउने देखिन्छ।
जीवन विकास लघुबित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डल सीडीएससीबाट सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बताउँछन्। ‘नेप्सेमा पनि आवश्यक सम्पूर्ण कागजपत्र पेस गरिएको छ, सम्भवतः आइतबार वा सोमबारसम्म सूचीकरण सम्झौता हुन सक्छ’, उनले भने, ‘नेप्सेले प्रक्रिया पूरा गरेमा आगामी साताभित्रै सेयर कारोबारमा आउनेछ।’
जीवन विकास लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका थिए।
यो लघुवित्तले गत असार २३ गते आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरेको थियो।
मनकामना स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत देवसिंह बिष्टका अनुसार सीडीएससीमा दर्ता प्रक्रिया पूरा भइसकेको छ। ‘सेयर सूचीकरणका लागि आवश्यक कागजपत्र नेप्सेमा पुगिसकेको छ’, बिष्टले भने, ‘नेप्सेले प्रक्रिया पूरा गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा पठाउँछ, त्यहाँबाट स्वीकृत भएर आएपछि सूचीकरण सम्झौता हुन्छ। यो सम्पूर्ण कार्य आगामी साताभित्रै सकेर सेयर कारोबारमा ल्याउने प्रयासमा छौँ।’
मनकामना स्मार्ट लघुवित्तले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ०.५ प्रतिशत सेयर कर्मचारीहरुलाई र कुल निष्कासनको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।
यो लघुवित्तले गत असार २८ गते गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago