काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ आगामी साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने तयारी भइरहेको छ।
सामलिङ्ग पावरको आरटीएस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओ सीडीएससीमा दर्ता भइसकेको छ। ‘सीडीएससीबाट सम्भवतः अर्को साताको सुरुआततिरै नेप्सेमा डाटा र सूचीकरणका लागि फाइल जानेछ’, नेपाल एसबिआई मर्चेन्ट बैंकिङका एक अधिकारीले भने, ‘त्यसैले आगामी साता नेप्सेमा सामलिङ्ग पावरको आईपीओ सूचीकरण हुने सम्भावना छ।’
यदि नेप्सेमा आउँदो बुधबारभित्रै यो कम्पनीको आईपीओ सूचीकरण भएमा अर्को साताबाटै सेयर कारोबारमा आउन सक्ने सम्भावना रहेको छ। किनकि कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको भोलिपल्टबाट कारोबारमा आउने गर्छ।
सामलिङ्ग पावरले गत कात्तिक ४ गतेदेखि ८ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ३० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने गत कात्तिक १६ गते भएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago