काठमाण्डौ । मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलिरहेकै बेला नेपाल कांग्रेसका एक केन्द्रीय सदस्यले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने माग गरेका छन्। 

पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा काँग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्नुपर्ने माग गरेका हुन्। ओरालो लागेको शर्मालाई अर्थमन्त्रीबाट हटाउनुपर्ने माग प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासमक्ष उनले राखेका थिए। 

अर्थतन्त्र सुधारको प्रयास नभएकोमा आक्रोश व्यक्त गर्दै स्नेहीले भने, ‘व्यापार घाटा बढेको छ। अर्थतन्त्र ओरालो लागेको छ तर सुधारको प्रयास नै भएको छैन।’

बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुले आवश्यकताका आधारमा गठबन्धन गरेर जानुपर्ने धारणा राखेका थिए।