काठमाण्डौ । नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारण र आफ्ना कर्मचारीका लागि १ अर्ब ६० करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।
यसका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिंग लिमीटेडले निश्कासन तथा बिक्री प्रबन्धक तोकेको छ ।
नेपाल रिइन्स्योरेन्स कम्पनीका अध्यक्ष चिरायू भण्डारी र आरबीबी मर्चेन्ट बैंकिंग लिमीटेडका प्रमुख कार्यकारी अधिकृत डा. रमेशकुमार भण्डारीले आइपीओ निश्कासनमा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यो कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत सर्वसाधारणका लागि र बाँकी १ प्रतिशत कर्मचारीका लागि गरी कुल १६ प्रतिशत साधारण सेयर निश्कासन गर्न चाहेको हो ।
आइपीओपछि कम्पनीमा संस्थापकःसर्वसाधारण सेयरधनीको स्वामित्व संरचना ८४ः१६ हुनेछ ।
आफ्नो आइपीओप्रति सर्वसाधारणलाई आकर्षित बनाउन कम्पनीले पूँजी पुगेपछि १ अर्ब बराबरको बोनस सेयर समेत वितरण गर्ने घोषणा समेत गरेको छ । कम्पनीले बेस रेटमै आइपीओ निश्कासनको तयारी गरिरहेको हो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19