काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाअन्तर्गत प्रवाह गरिने अत्यावश्यक सेवाहरु आज बुधबारबाट सुचारु गरिने भएको छ।
महानगरपालिका नगर कार्यपालिकाको गत जेठ १५ गते बसेको बैठकले अत्यावश्यक सेवाहरु सुचारु गर्ने निर्णय गरेको हो। बैठकले महानगरअन्तर्गतका विभाग, आयोजना, कार्यक्रम, महाशाखा, सचिवालय, एकाइ र वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवाहरु बुधबारबाट सुचारु गर्न गराउन निर्णय गरेको छ।
सेवा सुचारु गर्ने क्रममा सामाजिक दूरी कायम गर्न, स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न र सेव प्रवाहसम्बन्धी स्वीकृत मापदण्डको समेत पालना गर्न अनुरोध गरेको छ।
अत्यावश्यक सेवा सुचारु गर्नका लागि विभागीय प्रमुख र वडासचिवहरुले मातहतका कर्मचारीहरुलाई उपस्थित गराई अत्यावश्यक सेवा तथा आन्तरिक प्रशासनिक कार्यहरु सञ्चाालनका लागि आवश्यक व्यवस्था मिलाउन पनि महानगरले आग्रह गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19