काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले महानगर क्षेत्रभित्र व्यवसाय दर्ता गरेरमात्र सञ्चालन गर्न निर्देशन दिएको छ।
काठमाण्डौ महानगरले आज एक सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो। महानगर क्षेत्रभित्र दर्ता नभई सञ्चालित व्यवसायलाई ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा दर्ता हुन पनि महानगरले आग्रह गरेको छ।
महानगर क्षेत्रभित्र दर्ता नै नगरी व्यापार–व्यवसाय सञ्चालन गरेको पाइएकोले दर्ता हुन महानगरले सूचित गरेको हो। दर्ता नगरी व्यापार–व्यवसाय गरेको पाइऐमा राजस्व ऐन, २०७५ बमोजिम जरिवाना गरिने पनि महानगरले चेतावनी दिएको छ।
यसका साथै महानगरले आर्थिक वर्ष २०७२–७३ लाई आधार वर्षका रुपमा लिई व्यवसाय कर असुल गरिने पनि स्पष्ट पारेको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19