काठमाण्डौ । काठमाण्डौ उपत्यकामा भोलि (जेठ १० गते) सार्वजनिक बिदा दिइएको छ। 

गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा बिदा दिइएको जनाएको छ। 

सार्वजनिक बिदा दिइएकोले भोलि उपत्यकाका सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरु बन्द रहनेछन्। 

सार्वजनिक बिदा दिइएकोले सेयर बजार पनि भोलि बन्द रहने नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। अब सेयर बजार आइतबारमात्रै खुल्नेछ। 

पछिल्लो ७ दिनदेखि बजार लगातार उकालो लागिरहेको छ। आज पनि दोहोरो अंकले बढेर नेप्से परिसूचक १९५९.१२ को विन्दुमा बन्द भएको छ। 

पछिल्लो ७ दिनमा बजार १४०.८१ अंकले बढेको छ।