काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने भएको छ। 

महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै बालुवाटारस्थित ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने जनाएको हो।

उक्त जग्गामा भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्नेसमेत महानगरले जनाएको छ।

‘त्यस क्षेत्रका जग्गामा भवन निर्माण भइरहेको भए रोक्का गरिनेछ’, सूचनामा भनिएको छ, ‘यदि कसैले सूचनाको अटेरी गरी भवन निर्माण गरेमा संरचना भत्काइने र भत्काउँदा लागेको खर्चसमेत असुल गरिनेछ।’