काठमाण्डौ । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले ७ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार साधारण सेयरमा अंकित मूल्यमा प्रिमियम रकम थप गरी आईपीओ जारी गर्नेछ।
कान्तिपुर टेलिभिजनको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बिहीबार कान्तिपुर टेलिभिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाशप्रसाद सिरोहिया र सानिमा क्यापिटका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।
कान्तिपुर टेलिभिजनले २०६० असार २९ गतेबाट विधिवत रुपमा प्रसारण आरम्भ गरेको थियो। सुरुमा टेरिस्टेल टावरबाट सूचना प्रवाह गर्दै आएकोमा २०६८ सालदेखि अटोमेसन प्रविधिमा स्तरोन्नति भएको थियो।
कान्तिपुर टेलिभिजनले हाल हाई डेफिनेसन प्रविधि (एचडी) लाई अवलम्बन गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago