काठमाण्डौ । कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसावलगायत वित्तीय विवरणसँग सम्वन्धीत अनुसूचीहरु पारित गरेको छ ।
सभामा कम्पनीका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत(सीईओ) दिनेश थकालीले सेयरधनीहरुले राखेको जिज्ञासाबारे जवाफ दिएका थिए ।
सभामा सीईओ थकालीले चालू आवको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम सञ्चालन गरिएको बताए ।
सभामा सञ्चालक समितिका सदस्य भिम प्रसाद तुलाचनले स्वागत गरेका थिए भने कम्पनीका कानून विभाग प्रमुख डण्डपानी भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago