काठमाण्डौ । कारोबार खुलेलगत्तै बजारमा दोहोरो अंकको उछाल आएको छ । 

कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक २१.०९ अंकले बृद्धि भएको हो । 

‘क’ वर्गका कम्पनीहरुमा उच्च खरीद चाप देखिएको छ । सोमबार र मंगलबार लगानीकर्ताको आन्दोलनका कारण ठप्प भएको कारोबार बुधबार सरकारसँग सहमति भएलगत्तै खुलेको हो । 

यो समाचार तयार पार्दासम्म बिमा, माइक्रोफाइनान्स, होटल र बैंकिङ समूह उछालको गतिमा कुदिरहेका छन् । २ करोड १३ लाख बढीको कारोबार भइसकेको छ ।