काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार खुलेको १० मिनेटभित्रै ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।

यो समाचार तयार पार्दासम्म बोटलर्स नेपाल (तराई), हिमालयन डिस्टिलरी, साल्ट टे«ेडिङ, नेको इन्सुरेन्स र गोर्खाज फाइनान्सको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो। यी पाँचै कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

अहिले बोटलर्स नेपाल (तराई) को सेयरमूल्य प्रतिकित्ता ८४४ रुपैयाँले बढेर ९ हजार २९० रुपैयाँ, साल्ट ट्रेडिङको ६५८ रुपैयाँले बढेर ७ हजार २४५ रुपैयाँ, हिमालयन डिस्टिलरीको २६५ रुपैयाँले बढेर २ हजार ९२७, नेको इन्सुरेन्सको ८८ रुपैयाँले बढेर ९७३ रुपैयाँ र गोर्खाज फाइनान्सको १८ रुपैयाँले बढेर २०५ रुपैयाँ कायम भएको छ।