काठमाण्डौ । सेयर बजार १९०० को विन्दुबाट तल झरेको छ। 

साताको दोस्रो दिन सोमबार कारोबार खुलेको आधा घन्टामै बजार घटेर १९०० विन्दुभन्दा तल झरेको हो। अहिले नेप्से परिसूचक ३४.८३ अंकले घटेर १८९९.२९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.५५ अंकले घटेर ३६८.३० विन्दुमा ओर्लेको छ। 

यो समाचार तयार पार्दासम्म १४ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा रातो पोतिएको छ। विकास बैंक समूहमा सर्वाधिक २.८४ प्रतिशतको गिरावट आएको छ। 

हिमालय डिस्टिलरीको १ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ। तारागाउँ रिजेन्सी होटेल सेयरभाउ सर्वाधिक ४ प्रतिशतको हाराहारीमा उकालो लाग्दा रिभर फल्स पावरको सेयरमूल्यमा ९ प्रतिशत बढीको गिरावट आएको छ।