काठमाण्डौ । साताको पहिलो दिन आइतबार कारोबार खुलेको आधा मिनेटमै सेयर बजारमा उलाछ आएको छ।

यो समाचार तयार पार्दासम्म नेप्सेमा ४८.६२ अंकले बढेर १९१०.६८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.५० अंकले बढेर ३७३.४० को विन्दुमा पुगेको छ। अहिलेसम्म ३१ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

अहिलेसम्म नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.३२ प्रतिशतले बढेको छ। 

यतिबेला सम्म नेप्सेमा सूचीकृत १९९ कम्पनीका ७ लाख ७३ हजार २७५ कित्ता सेयर ३१ करोड ३३ लाख रुपैयाँ बढीमा करोबार भएका छन्।

कारोबारको आधा घन्टामा २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नागरिक लगानी कोषको सेयरमूल्यमा १० प्रतिशत र ङादी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो बेलासम्म सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो लघुवित्तको सेयरमूल्यमा २ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। 

आन्दोलनरत सेयर लगानीकर्ताका १९ बुँदे माग कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएकोले लगानीकर्तामा आत्मबल बढेको जानकारहरु बताउँछन्। 

अर्कोतर्फ बोर्ड पुँजीबजार सुधारका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग समान्वयन गर्ने सेबोन अध्यक्षले प्रतिबद्धता जनाएकोले बजारमा सकारात्म प्रभाव परेको उनीहरुको ठम्याइ छ।