काठमाण्डौ । यो साताको तेस्रो दिन मंगलबार कारोबार सुरु भएको २ घन्टामै दुईवटा लघुवित्त कम्पनीको सेयरमूल्यमा उछाल आएकमो छ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा मंगलबार उछाल आएको छ । दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।

सबैको लुघवित्तको सेयरमूल्यमा प्रतिकित्ता ३३ रुपैयाँ वृद्धि भएर ३६५ रुपैयाँ पुगेको छ भने आँधीखोलाको प्रतिकित्ता २५ रुपैयाँ बढेर २९८ रुपैयाँ पुगेको छ । हिजो सोमबार सबैको लघुवित्तको अन्तिम सेयरमूल्य ३३२ रुपैयाँ र आँधीखोलाको २७३ रुपैयाँ रहेको थियो ।

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा दुवै कम्पनीको सेयर खरिद चापमात्र देखिएको छ । सबैको लघुवित्तको ४३ हजार ६५१ खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ एउटा पनि पोस्ट भएको छैन । त्यस्तै आँधीखोला लघुवित्तको ३० हजार १३८ खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ एउटा पनि पोस्ट भएको छैन ।