काठमाण्डौ । कालिका पावर कम्पनी लिमीटेडको आइपीओ बुधबार बिहान बाँडफाँड भएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता साधारण सेयर भदौ २८ गतेदेखि असोज १ गतेसम्म निश्कासन गरेको थियो । निश्कासित कुल कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि र २४ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो । 

कर्मचारीका लागि सुरक्षित गरिएको सबै सेयर बिक्री नभई बाँकी रहेको १५ हजार ७ सय ७० कित्ता सेयर समेत सर्वसाधारणमा समायोजन गरी कुल जम्मा ११ लाख ३१ हजार ७ सय ७० कित्ता सेयरका लागि १ लाख १८ हजार ८ सय १० जनाले आवेदन दिएका थिए । तीमध्ये जम्मा १ लाख १३ हजार १ सय ७७ जना आवेदकहरुले १० कित्ताको दरले कुल जम्मा ११ लाख ३१ हजार ७ सय ७० कित्ता बाँडफाँड गरिएको हो । 

आइपीओका लागि आवेदन दिएका १ सय ४६ वटा आवेदन रद्ध भएका थिए । 

कुल आवेदन दिएकामध्ये ५ हजार ६ सय ३३ आवेदकको हात रित्तो भएको छ । 

आइपीओ कस-कसले पाए त ? यो लिंकमा क्लिक गरी आफ्नो नतिजा हेर्नुहोस् ।