काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १७.१७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी २.९५ प्रतिशतले बढेर ११ करोड ६१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ११ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्तापुँजी ६० करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ २० करोड ६१ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ ११ करोड ६३ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले रिटेन्ड अर्निङमा ७७.१४ प्रतिशतको बढोत्तरी भएको छ। 

कम्पनीको वार्षिकीकृत ईपीएस २०.९४ रुपैयाँ, पीई रेसियो २६.२७ गुणा र प्रतिसेयर नेटवर्थ १३४.३६ रुपैयाँ रहेको छ।