काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कालिका पावर कम्पनी र मल्टीपर्पस फाइनान्स लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ।
नेप्सेको आजको निर्णयबाट यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो। यी दुवैले लाभांशसम्बन्धी सूचना कारोबार समयमा पठाएको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।
विनियमावलीअनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ। यी दुवै कारोबार समयमा सूचना नेप्सेमा पठाएकोले यसबारे चित्तबुझ्दो जबाफ तीन कार्यदिनभित्र पेस गर्न पनि नेप्सेले दुवै कम्पनीलाई निर्देशन दिएको छ।
कालिका पावरले आर्थिक वर्ष २०७८–७९ का लागि कुल १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश छन्।
मल्टीपर्पस फाइनान्सले पनि उक्त आर्थिक वर्षका लागि कुनै किसिमको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
नेप्सेले बुधबार पनि कारोबार समयमा सूचना नेप्सेमा पठाएको भन्दै सेन्ट्रल फाइनान्सको सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19