काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कालिका पावर र मल्टीपर्पस फाइनान्सको सेयर कारोबार फुकुवा गरेको छ।
नेप्सेको आजको निर्णयबाट यी दुवै कम्पनीको सेयर कारोबार फुकुवा गरिएको हो। अब भोलि मंगलबारबाट यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन्।
दुवै कम्पनीले कारोबार समयको नेप्सेमा नट्समार्फत सूचना प्रविष्टी गरेकोमा नेप्सेले सेयर कारोबार रोक्का गर्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।
ती दुवै कम्पनीले भुलवश मानवीय त्रुटिबाट त्यसो हुन गएको र अब आइन्दा कमीकमजोरी नगर्ने जानकारी गराएपछि नेप्सेले दुवै कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19