काठमाण्डौ । कालिका पावर कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

यसैगरी, कम्पनीले आगामी पुस २८ गते साधारणसभा बोलाएको छ । साथै कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १८ गते  बुक क्लोजको मिति समेत तय गरेको छ।

 यसर्थ पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउने छन् ।