काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखेको राखिएको छ ।

संस्थाको विभिन्न संस्थापकको नाममा रहेको ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि संस्थापक सेयरधनीले मात्रै खरिदआवेदन दिन सक्नेछन् ।  

इच्छुक संस्थापक सेयरधनीहरुले सम्बन्धित कम्पनीहरुको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकत्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन्। यो सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। 

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा गैर संस्थापकलाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने जनाईएको छ।