काठमाण्डौ । कालिका पावर कम्पनी लिमीटेडले आगामी भदौ २८ गतेदेखि १२ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल रु. १२ करोड मूल्यको आइपीओ निश्कासन गर्ने भएको हो । 

आइपीओमा छिटोमा असोज १ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ ।

कुल १२ लाख कित्तामध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारीका लागि, ६० हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी ११ लाख १६ हजार कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

काठमाण्डौ क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटल लिमीटेड आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक रहेका छन् । 

इच्छुक लगानीकर्ताले आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड ४ को रेटिङ दिएको छ, यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । 

यसअघि कम्पनीले गोरखा जिल्लाका आयोजना प्रभावितका लागि ६ लाख कित्ता आइपीओ निश्कासन गरेको थियो ।

सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर ६० करोड रुपैयाँको उचाईमा पुग्नेछ । 

कालिका पावरले ६ मेगावाटको दोर्दी ए जलविद्युत आयोजना संचालन गरिरहेको छ ।