काठमाण्डौ । कालिका पावर कम्पनी लिमीटेडले भदौ २८ गते(आज)देखि सर्वसाधारणका लागि रु. १२ करोड बराबरको आइपीओ  निश्कासन गरेको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता आइपीओ सर्वसाधारण लगानीकर्ताका लागि निश्कासन गरेको हो । 

कुल निश्कासित १२ लाख कित्तामध्ये २४ हजार कित्ता कालिका पावर कम्पनीका कर्मचारी, ६० हजार कित्ता म्युचुअल फण्ड र बाँकी ११ लाख १६ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा काठमाण्डौ क्यापिटल लिमीटेड र ग्लोबल आइएमई  क्यापिटल लिमीटेड रहेका छन् । 

इच्छुकले आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था र तिनका जुनसुकै शाखाबाट आवेदन दिन सक्नेछन् । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिंग प्रदान गरेको छ, यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । यस्तो कम्पनीमा लगानी गर्दा जोखिम हुनसक्छ । 

यसअघि कम्पनीले गोरखाका आयोजना प्रभावितका लागि ६ लाख कित्ता आइपीओ निश्कासन गरेको थियो । 

सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर ६० करोडको उचाईमा पुग्नेछ । 

कालिका पावरले गोरखा जिल्लामा ६ मेगावाट क्षमताको दोर्दी ए हाइड्रोपावर प्रोजेक्ट संचालन गरिरहेको छ ।