काठमाण्डौ । कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएका छन्।
यी दुवै कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिन कारोबारमा आउने गरेका छन्। त्यसैले यी दुवै कम्पनीको सेयर भोलिबाट कारोबारमा आउने भएका हुन्।
नेप्सेमा कालिञ्चोक दर्शनको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४८ लाख कित्ता, स्थानीयको १ लाख २० हजार कित्ता र सर्वसाधारणको १० लाख ८० हजार कित्ता छन्।
नेप्सेले कालिञ्चोक दर्शनलाई ‘केडीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतमा ७८.१५ रुपैयाँ र अधिकतममा २३४.४५ रुपैयाँ तोकेको छ।
यसैगरी नेप्सेमा एसियन हाइड्रोपावरको ३४ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २२ लाख २० हजार कित्ता, स्थानीयको ३ लाख ४० हजार कित्ता र सर्वसाधारणको ८ लाख ४० हजार कित्ता छन्।
नेप्सेले एसियन हाइड्रोपावरलाई ‘एएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतममा ९९.६० रुपैयाँ र अधिकतममा २९८.८० रुपैयाँ तोकेको छ।
यदि भोलिको स्पेसल प्रि–सेसनमा यी दुवै कम्पनीको सेयर नेप्सेले तोकेको रेन्चभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19