काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले आगामी पुस २६ गते साधारण सभा गर्ने भएको छ ।

सभा रोयल इभेन्ट तीनकुने, काठमाण्डौमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान सम्बन्धी हिसाबसहितका लेखापरीक्षण प्रतिवेदन,,वार्षिक प्रतिवेदन तथा लेखा परीक्षक नियुक्ती गर्ने प्रस्ताव पनि पारित  गर्नेछ ।

यसैगरी, सभाले संस्थापक तथा सर्वसाधारण सेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार सभामा सहभागी हुनका लागि आगामी पुस ११ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।

 कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।