bearish trend
काठमाण्डौ । पूँजीबजारमा कालोधन भित्रिएको हुनसक्ने भन्दै अनुसन्धान हुने भनी सरकारी निकायले थालेको तयारी र धितोपत्र बोर्डको आह्वानको प्रभाव सोमबार पनि बजारमा देखियो । यी दुई कारणहरुले सोमबार पनि नेप्से परिसूचक ७.१७ अंकले ओरालो लागी १६१५.१० मा आइपुगेको छ ।
अरु बेला बजारलाई माथि उठाइरहेको बिमा समूह सोमबार पनि तेहेरो अंकले घट्यो भने वाणिज्य बैंक र विकास बैंक समूहको सूचकमा पनि रातो पोतियो । जलविद्युत र बित्त समूह बाहेक अन्य सबै समूहको सूचक रातो भयो ।
सोमबार बिमा समूहको सूचक १२८.३४ अंकले ओर्लियो । वाणिज्य बैंक र विकास बैंक क्रमशः ४ र ७.०५ अंकले ओर्लिए । उत्पादनमूलकमा ३६.३२ अंकको गिरावट आउँदा होटल समूह पनि १६.८१ अंकले तल झर्यो ।
अन्य समूह स्थिर रह्यो भने जलविद्युत समूह १७.०३ र बित्त समूह २.९५ अंकले उक्लिए । सोमबार कारोबार रकममा पनि गिरावट आयो । १ सय ३५ कम्पनीका १८ लाख ४५ हजार कित्ता सेयर १ अर्ब १९ करोड ६८ लाखमा किनबेच भयो ।
समग्र बजार सूचक घटे पनि सोमबार समेत बिमा समूहले नै बजार कब्जा गरे । धेरै कारोबार गर्ने उत्कृष्ट १० कम्पनीको सूचिमा ८ स्थान बिमा समूहको कब्जामा रह्यो भने वाणिज्य बैंक र जलविद्युत कम्पनी १ १ स्थानमा सीमित भए ।
सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ७ करोड १८ लाखको सेयर किनबेच भयो । यसैगरी, लालीगुराँस इन्स्योरेन्सको ६ करोड १२ लाख, नेशनल हाइड्रोपावर कम्पनीको ५ करोड ४९ लाख, एनएलजी इन्स्योरेन्सको ४ करोड ६७ लाख र सिद्धार्थ इन्स्योरेन्सको ४ करोड १७ लाखको सेयर किनबेच भयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago