काठमाण्डौ । काल्सवर्ग र लिभरपूल फुटबल क्लबले आफ्नो ऐतिहासिक साझेदारीलाई ५ वर्षका लागि विस्तारीत गर्दै काल्सवर्गले २०२३–२४ को अन्त्यसम्मको सिजनको लागि आफ्नो आधिकारिक बियरको भूमिका सुरक्षित गरेको छ ।
यो नयाँ डिल प्रिमियर लिगको इतिहासमै सबैभन्दा लामो साझेदारी हो, यसको सुरुवात सन् १९९२ मा भएको थियो र काल्सवर्गले त्यतिबेलादेखि नै यस टिमलाई प्रायोजन गर्दै आएको छ ।
लिभरपूलको विश्वव्यापी साझेदार भएको नाताले काल्र्सवर्गले विश्वभरिका प्रशंसकको साथ विश्वव्यापी र स्थानीय एक्टीभेसन र इभेन्टहरुको माध्यमबाट यस साझेदारीको सम्बन्धलाई निरन्तर जिवन्तता दिंदै आइरहेको छ र आइरहने बताएको छ ।
काल्सवर्ग को चिफक मर्सियल अफिसर, जेसिका स्पेन्सले यो अवसरमा भनिन्–‘काल्सवर्ग र लिभरपूलबीचको नाता ज्यादै प्रतिष्ठित छ, र २७ वर्ष लामो समयसम्म यस विशाल परिवारको भाग हुन पाएकोमा हामी ज्यादै गौरवान्वित छौं । यस क्लबको भविष्यप्रति हामी ज्यादै उत्साहित छौं र यस साझेदारीद्वारा विश्वभरिका प्रशंसकहरुलाई उत्साहजनक अनुभूति प्रदान गर्न हामी तत्पर छौं ।’
यस विस्तारीत साझेदारीको बारेमा टिप्पणी गर्दै बिलिहोगन, लिभरपूल फुटबल क्लबका प्रबन्ध निर्देशक र चिफ कमर्सियल अफिसरले भने–‘काल्सवर्ग सँगको हाम्रो बलियो साझेदारीलाई रेकर्ड ब्रेकिङ ३१ वर्षको लागि विस्तारीत गर्न पाउँदाज्यादै गौरवान्वित छौं ।’
सन् १९९२ देखि नै हामी काल्र्सवर्गसँगको लामो र इमान्दार साझेदारीको आनन्द लिइरहेका छौं र यो विस्तारीत साझेदारी क्लब र प्रतिष्ठित ब्राण्ड बीचको दृढ र ऐतिहासिक सम्बन्धको असली प्रमाण हो । काल्सवर्गलाई लिभरपूल फुटबल क्लबको सदस्यको रुपमा स्थापित भएकोमा हामी ज्यादै खुशी छौं र हामी हाम्रो सम्बन्धलाई निरन्तर रुपमा दृढ बनाउँदै लग्नेछौं ।
लिभरपूलका प्रसिद्ध प्रबन्धक बिल स्यांक्लीको सबैजना रातो किटमा खेल्ने निर्णयलाई समर्थन गर्दै लिभरपूलका प्रशंसकहरुका लागि काल्सवर्गले रातो बोतल, रातो लेबलको साथ विशेष बियर उत्पादन गरी लिमिटेड–एडिशन ल्याएको छ । यसकाबारे अझ जान्नको लागि carlsberg.com/allred मा हेर्न सकिन्छ ।
काल्सवर्ग र लिभरपूलको साझेदारी यात्राको इतिहास
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago