काठमाण्डौ । शिवम सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट १ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा उत्पादन बिक्रीबाट १ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले आम्दानी ६.०६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ३१ करोड ३४ लाख रुपैयाँ अन्य आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर २१ करोड २४ लाख रुपैयाँमात्रै भएको छ।
कम्पनीको कस्ट अफ सेल बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कस्ट अफ सेल १ अर्ब २२ करोड रुपैयाँमा सीमित थियो।
कोइला, डिजेललगायतका इन्धनको मूल्य रुस–युक्रेन युद्धसमेतको प्रभावका कारण अत्याधिक मात्रामा वृद्धि भएको लामो समयसम्म पनि मूल्य नघटेको कम्पनीले जनाएको छ। त्यसैले उत्पादन बिक्री गर्दा बिक्री मूल्यमा ह्रास भएका कारण मुनाफा अभिवृद्धि हुनुपर्नेमा नभई ह्रास भई नोक्सानी हुन पुगेको कम्पनीले स्पष्ट पारेको छ।
अर्कोतर्फ कम्पनीको कस्ट अफ सेल बढ्दा पनि कम्पनीको नाफा प्रभावित भएको देखिन्छ।
चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ र सरप्लसमाको आकार ११.६९ प्रतिशतले घटेर ३ अर्ब ६६ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा ४ अर्ब १५ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४.८६ रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २०५.०५ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19