काठमाण्डौ । मतगणनाको कछुवा चालको प्रभाव बजारमा समेत परेको छ । अधिकांश लगानीकर्ता चुनावी परिणाम कुरेर बसिरहेका र त्यसपछि मात्र लगानीको निर्णय लिने रणनीतिमा रहेका कारण बजार परिसूचकमा बुधबार ४.९८ अंकको गिरावट आएको हो । यो गिरावट सामान्य हो ।
मंगलबारको तुलनामा कारोबार रकम चाहि बढेर ६१ करोडको उचाईमा पुुगेको छ ।
यो दिन बजारका तीन सूचकमा हरियाली छायो भने बाँकी ५ समूहमा रातो पोतियो । नेपाली सेयरबजारलाई डोहोर्याउन वाणिज्य बैंक र बिमा समूहको सूचक घट्यो । वाणिज्य बैंक समूह ७.५५ अंकले घट्यो भने बिमा समूहमा २६.६ अंकको गिरावट आयो । विकास बैंक १.२१, बित्त समूह २.१८ र जलविद्युत समूह २०.१६ अंकले घटे । उत्पादनमूलक समूह भने सबैभन्दा धेरै ३२.६४ अंकले वृद्धि भएको छ । होटल समूह ४.७७ र अन्य समूह ४.०५ अंकले बढे ।
'क' वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.२ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डक्ेसमा ०.४५ अंकको गिरावट देखिएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
बुधबार बजारमा १ सय ४० कम्पनीका ३१ लाख ६४ हजार ९ सय ६६ कित्ता सेयर ६१ करोड ९८ लाख २ हजार ५ सय १३ रुपैयाँमा खरीदबिक्री भयो । यो दिन सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्सको सेयर किनबेच भयो । यो कम्पनीले कुल १० करोड ३४ लाख बढीको कारोबार गर्यो । यस्तै, एनसीसी बैंकले ३ करोड ४८ लाख, सिद्धार्थ बैंकले ३ करोड ४३ लाख, एनबी इन्स्योरेन्सले २ करोड ५७ लाख बढीको कारोबार गरेका छन् । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६३ लाख, नेशनल हाइडोपावर कम्पनी लिमीटेडले १ करोड ६० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ५६ लाख बढीको कारोबार गरेका छन् । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान वाणिज्य बैंकले ३ स्थान बिमा कम्पनीले एक स्थान जलविद्युत कम्पनी, एक स्थान म्युुचुुअल फण्ड र बाँकी एक स्थान विकास बैंकले कब्जा जमाए ।
धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार सोमबार र मंगलबारको झै बोटलर्स नेपाल तराई लिमीटेडका सेयरधनी मालामाल भएका छन् । यो कम्पनीको सेयर मूल्य बुधबार पनि १० प्रतिशतले वृद्धि भएको छ । यो दिन मेरो माइक्रो फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा वृद्धि भएको छ । सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडको मूल्य पनि ८ प्रतिशतको हाराहारीमा बढेको छ ।
यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमायो । यो बैंकको सेयर मूल्य ५.३६ प्रतिशतले घट्यो । साहारा विकास बैंकको मूल्य पनि ५ प्रतिशतको हाराहारीमा घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19