काठमाण्डौ । ११ औँ शताब्दीमा पृथ्वीबाट चन्द्रमा महिनौँसम्म देखिएको थिएन। त्यतिबेला चन्द्रमा गायबजस्तै बनेको थियो।
करिब ९१० वर्ष पहिलेको यो घटनाको पर्दा अहिले आएर उघारिएको छ। त्यतिबेला के भएको थियो भनेर वैज्ञानिकहरुले अहिले पत्ता लगाएका हुन्।
पृथ्वीबाट चन्द्रमा नदेखिएपछि त्यतिबेलाका मानिसहरुले यसलाई विनाशको संकेतका रुपमा लिएका थिए। इतिहासकारहरुले पनि ११ औँ शताब्दीको सन् ११०८ र ११०९ लाई विनाशकारी वर्षको वर्षका रुपमा उल्लेख गरेका छन्।
त्यतिबेला महिनौँसम्म पृथ्वीमा रातको समयमा चन्द्रमा नदेखिएकाले अन्धकार छाएको थियो। दिनको समयमा पनि केहीमात्रै प्रकाश आउने गर्दथ्यो। त्यतिबेला मानिसहरु चन्द्रमा हेरेर समय थाहा पाउने गर्दथे। त्यसैले चन्द्रमा नै गायब बनेपछि उनीहरुलाई कुुनै विनाशको संकेत त होइन भन्ने त्रासले सताएको थियो।
यतिबेला स्विट्जरल्यान्डको युुर्निभसिटी अफ जेनेभाका वैज्ञानिकहरुले महिनौँसम्म चन्द्रमा नदेखिनुुको कारण पत्ता लगाएको दाबी गरेका छन्। वैज्ञानिकहरुका अनुुसार सन् ११०४ मा आइसल्यान्डस्थित हेकला ज्वालामुुखीमा भयानक विस्फोटका कारण भारी मात्रामा सल्फर ग्यास र खरानी निस्किएको थियो। यो खरानी चिसो मौसममा हावामा घुुलेर पृथ्वीको वायुुमण्डललाई जाम गर्न सुुरु गर्न थाल्यो।
चार वर्षपछि यसको कारण पृथ्वीको स्टेस्टोसफियर पूर्ण रुपमा अवरुद्ध भएको थियो। जसका कारण चन्द्रमाको प्रकाश पृथ्वीसम्म आउने पाएको थिएन। जसका कारण सम्पूर्ण पृथ्वीमा अन्धकार छाएको थियो।
बेलायतको इतिहास सम्बन्धित ऐतिहासिक किताब पिटरबोरग क्रोनिकलमा सन् ११०९ मा खराब मौसमका कारण रुख–बिरुवाहरु सुुकेका थिए। अन्नवालीहरु नष्ट हुुनुुका साथै गर्मीका दिनहरुमा तापमान माइनस १ डिग्री सेल्सियससम्म पुुगेको थियो।
गत २१ अप्रिलमा प्रकाशित साइन्टिफिक जर्नलको प्रतिवेदनअनुुसार वैज्ञानिकहरुले ग्रिनल्यान्डका बरफमा ज्वालामुुखीमा पाइने सल्फेट धेरै मात्रामा पाइएको बताएका थिए। यही आधारमा वैज्ञाकिहरुले ११ औँ शताब्दीमा चन्द्रमा गायब हुुनुुको पछाडि ज्वालामुुखी विस्फोट कारण रहेको बताएका हुुन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19