काठमाण्डौ । गलत सूचना प्रकाशित गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रोक्का राखेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ।
नेप्सेको हिजो बुधबारको निर्णयअनुसार आज बिहीबारबाट किसान लघुवित्तको सेयर कारोबार फुकुवा भएको हो। आजबाट यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।
किसान लघुवित्तले गत चैत ८ गते सतप्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्तावसहित आफ्नो दोस्रो वार्षिक साधारणसभाको सूचना निकालेको थियो। तर भोलिपल्टै चैत ९ गते यो लघुवित्त पुनः संशोधित सूचना निकालेर वार्षिक साधारणसभाको विशेष प्रस्तावबाट हकप्रद निष्कासनको अजेन्डा हटाएको थियो।
यो गलत सूचनाले धितोपत्र मूल्यमा प्रभाव पारेको भन्दै नेप्सले किसान लघुवित्तको सेयर कारोबार रोक्का चैत ९ गतेदेखि रोक्का राख्दै स्पष्टीकरण माग गरेको थियो। किसानले लघुवित्तले गत चैत १२ गते नेप्सेलाई पत्र पठाउँदै विना परामर्श हकप्रदको अजेन्डा वार्षिक साधारणसभाको सूचनामा परेको र मूल्यमा प्रभाव पार्ने कुनै मनसाय नभएको स्पष्टीकरण पठाएको थियो। यस्ता गल्ती नदोहोराउने प्रतिबद्धता जाहेर गरेका कारण यो लघुवित्तको सेयर कारोबार फुकुवा पारिएको नेप्सले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago