काठमाण्डौ । किसान होल्डिङ लिमिटेडले आईपीओ निष्कासन गर्ने  भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कामनपा वडा नं १ स्थित हेरिटेज प्लाजामा अपरान्ह १ बजेदेखि सुरु हुनेछ ।

कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव लगायत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेको हो ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्तिसहितका वित्तीय विवरणलाई समेत पारित गर्नेछ ।