काठमाण्डौ । कुबेतमा रोजगारको सिलसिलामा पुगेका ३०० नेपाली आज बिहीबार स्वदेश फर्किंदैछन्।
कुवेत सरकारकै पहलमा स्वदेश फर्किन चाहने नेपाली कामदारहरु दुईवटा फ्लाइटमा स्वदेश फर्किन लागेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले जनाएको छ । जजिरा एयरलाइन्सका दुई विमान उनीहरु बिहान साढे ११ र दिउँसो साढे १ बजे गरी दुई फ्लाइटमा आउने सीसीएमसीले बतायो।
कुवेतबाट बिहीबार स्वदेश फर्किन लागेका नेपालीमा अधिकांश महिलाहरु रहेका बताइएको छ । उनीहरु त्यहाँ घरेलु कामदारका रुपमा कार्यरत छन्।
कुवेतमा विमानमा चढ्नुअगाडि स्वास्थ्य परीक्षण हुने र संक्रमणको शंका देखिएकालाई रोकिन सक्ने सीसीएमसीले जनाएको छ। दुई विमानमा १५० का दरले नेपाली कामदार आउनेछन्।
कुवेतबाट फर्किने नेपालीहरुलाई सुरक्षित रुपमा विमानस्थलबाट बाहिर निकाल्ने र क्वारेन्टाइनमा लगेर राख्ने तयारी भइरहेको सीसीएमसीले जनाएको छ ।
यसअघि गत शुक्रबार दुबईबाट १६८ र म्यानमारबाट पनि २६ नेपाली स्वदेश फर्किसकेका छन्। उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago