काठमाण्डौ । किसानले अब पेन्सन कार्यक्रममा सहभागी हुन पाउने भएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रममा यसअघि चर्चा मात्र हुने गरेको कृषक पेन्सनको महत्वकांक्षी योजना समेटिएको हो ।
सरकारले वर्ग क्षेत्रफल र त्यसबाट हुने उत्पादनलाई गणना गरी सम्बन्धित कृषकलाई पेन्सनको सुविधा दिने घोषणा गरेको छ ।
यो बजेटले कृषि क्षेत्रको विकास तथा बिस्तारका लागि ३० अर्ब ४० करोड विनियोजन गरेको छ भने देशैभर कृषि बिमा योजना समेत लागू गरिने घोषणा भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि कृषि उत्पादनको समर्थन मूल्य समेत तोक्ने व्यवस्था गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19