काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ।
आज सिंहदरबारमा बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरिएको जानकारी गराएका हुन्। चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट विनियोजन गरेको छ।
सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदानसहित हो।
यसैगरी आगामी बजेटमा तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ।
यस्तै साना किसानलाई धानको बीउ खरिदमा ५० प्रतिशत नगद अनुदान उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago