 
                     
                                
                             
                                    काठमाण्डौ । कृषि विकास बैंकले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ।
सेयर रजिस्ट्रार एनआईबिएल एस क्यापिटलका अनुसार बैंकको गत पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारणसभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर गत पुस १९ गतेसम्म सेयर औभौतिकीकरण गराएका सेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको हो। उक्त बोनस सेयर नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको पनि क्यापिटलले जनाएको छ।
गत पुस १५ गतेपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको एनआईबिएल एस क्यापिटलले जनाएको छ। ‘त्यसैले हालसम्म पनि सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई आफ्ना बोनस सेयरसमेत डिम्याट खातामा नै प्राप्त गर्न सक्नेछन्’, क्यापिटलले भनेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19