काठमाण्डौ । चाबहिलको चुच्चेपाटीमा अवस्थित केएल टावरले दशैं तथा तिहार लक्षित उपहार योजना सुरु गरेको छ । 

‘रमाइलो दशैं–तिहार’ नाम दिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसैगरी, उपहार योजनामा सहभागी ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिङमेशिनदेखि मोटरसाइकलसम्म उपहार पाउने छन् । 

दशैंमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै मलको व्यवशाय प्रवद्र्धनका लागि यो योजना ल्याइएको बताइएको छ । 

उपहार कार्यक्रमका संयोजक हिरामणि तिमल्सिनाकाअनुसार केएल टावरमा सामान खरिद गर्नेले कुपनमार्फत उपहार प्राप्त गर्नेछन् ।

दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, फुडकोर्टको लञ्च कुपन लगायत छन् । साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान उपलब्ध गराउने तिमल्सिनाले बताए । यसका साथै साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँँबराबरको सपिङ भौचर पनि दिइनेछ  । 

उपहार योजनाको बम्पर उपहारमा टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जेस्ट स्कूटर तथा बैंकक भ्रमणको अवसर ग्राहकले पाउने छन् । 

५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका दैनिक प्रयोगमा आउने सबै प्रकारका सामान खरिद गर्न सकिने मलमा १ हजार रुपैयाँ बराबरको खरिदमा ग्राहकले एउटा उपहार कुपन प्राप्त गर्नेछन् । कुपनलाई गोलप्रथामा सामेल गराइए भाग्यमानी विजेताको घोषणा गरिनेछ । 

असोज १० गतेदेखि सुरु भएको यो योजना कात्तिक २७ गतेसम्म जारी रहने बताइएको छ ।