काठमाण्डौ । ब्रोकरले सिस्टममा केवाइसी अपडेट राख्न हेल्चेक्र्याईँ र लापरवाही गरेकै कारण कयौं लगानीकर्ता सेयर किनबेचबाट बञ्चित हुनु परिरहेको छ ।
सिस्टममा पारदर्शी सिर्जना हुने नेप्सेको अनलाइन प्रणालीमा हाल ब्रोकरहरुले नै लगानीकर्ताहरुको कारोबार खाताको पूर्ण विवरण नराख्दा ठूलो झमेला सिर्जना भएको हो ।
ब्रोकरले समाधान गर्नसक्ने यस किसिमका झिनामसिना समस्याहरु लिएर नेप्सेमा दैनिक औसत ४ सय जना लगानीकर्ताले गुनासो गर्दै आइरहेका स्रोत दाबी गर्छ ।
यसअघि नै पनि ब्रोकरले इमेल गर्न नजान्दा सिस्टम नै ह्याक भएको हो कि भन्ने सन्त्रास समेत फैलियो, तर पछि ब्रोकरले नै अक्षरहरु गलत प्रविष्ट गरी इमेल गरेका कारण कयौं लगानीकर्ताले दुःख पाएका थिए ।
नियामक सूचना तथा प्रविधिमा फड्को मार्दै गर्दा ब्रोकरहरुको भने असहयोग भइरहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीको गुनासो छ ।
लगानीकर्ताको विवरण र तथ्यांक नै ब्रोकरले गलत प्रविष्ट गरिदिएपछि लगानीकर्ताले अधिक दुःख पाइरहेका हुन् । एक शर्मा थरका लगानीकर्ताले ब्रोकरकहाँ सेयर बिक्री गर्न खोज्दा विवरण नै उल्टापाल्टा दिइएपछि नेप्से गए । तर केही दिनपछि ब्रोकरले नै गलत डेटा प्रविष्टि भएको तथ्य फेला परेपछि ब्रोकरले माफीसमेत मागे ।
यो समस्या हाल निकै बढ्दै गइरहेको छ । इटहरीस्थित ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिले सुनसरी कालाबन्जार निवासी टंक बस्नेतको समेत केवाइसी उल्टापाल्टा गरेपछि सेयर बेच्न नमिलेको समाचार बिजशालामा प्रकाशित भएको थियो । यसपछि बिजशालाको समाचारमा ब्रोकर नम्बर ५५ का कार्यकारी निर्देशक विजय रानाभाटले नेप्सेले नै गल्ती गरेको भन्दै आफ्नो प्रतिक्रिया दिएका थिए ।
यसरी पछिल्लो समय ब्रोकरले केवाइसी सही ढंगले व्यवस्थित नगरिदिएको परिणामस्वरुप कयौं लगानीकर्ताहरुले दुःख पाइरहेका छन् ।
रानाभाट ब्रोकरहरुका प्रतिनिधि मात्रै हुन् । आज हामीले केही स्टक ब्रोकर हाउसको फिल्ड अध्ययन गर्दासमेत ब्रोकरहरुलाई लगानीकर्ताको फोनका घण्टी असरल्ल बजिरहेका थिए । बिजशाला निकट एक ब्रोकरले अनलाइन र अफलाइन दुवै सेयर कारोबारी गर्न राति अबेरसम्म अफिसमा बसेर सिस्टममा केवाइसी अपडेट धमाधम भइरहेको बताए । ‘पहिले केही तथ्यांकमात्र हाल्दा हुन्थ्यो, अहिले पूर्ण विवरण हाल्नै पर्छ, नत्र सिस्टमले लिँदैन।’ उनले बिजशालासँग भने।
दैनिक सयौं लगानीकर्ताले अनाहकमा दुःख पाइरहे पनि यो विषयमा नेपाल धितोपत्र बोर्ड र नेप्से मौन बसेका छन् । उनीहरुले नियतवश लगानीकर्तालाई दुःख दिने ब्रोकरलाई कारबाही गर्न सकेका छैनन् ।
नेपाल धितोपत्र बोर्डद्वारा पछिल्लो समय निकालिएको ४ पाने केवाइसी फाराममा ग्राहकले भरेका पूर्ण विवरणलाई सिस्टममा इन्ट्री गर्न अटेरी गरेकै कारण पछिल्लो समय लगानीकर्ताहरुले सेयर किनेबेच गर्दा सर्ट सेल वा डुप्लिकेट बीओआइडी भनेर अर्डर लिन मान्दैन । नेप्से परिसूचकको बढोत्तरीमा सेयर बेच्न आतूर र गर्जो टार्न सेयर बेच्ने व्यक्तिहरुको समस्याको जड नै ब्रोकरहरुको लापरवाही रहेको दाबी गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago