काठमाण्डौ । कारोबार सुरु भएको केही मिनेटभित्रै दुुईवटा सर्किट ब्रेकर लागेको छ । 

कारोबार सुरु भएको केही मिनेट नबित्दै समग्र बजार ३ प्रतिशतले बढेपछि सर्किट ब्रेकर लागेको हो । १५ मिनेट स्थगनपछि सुरु भएको कारोबारमा पुनः ४ प्रतिशतको उछाल आएपछि दोश्रो सर्किट ब्रेकर लगाइएको छ । अब बजार ११ बजेर ५९ मिनेटमा खुल्नेछ । त्यसपछि पुनः नेप्से परिसूचक बढेर ५ प्रतिशत पुुग्यो भने आज दिनभरिका लागि कारोबार स्थगन हुनेछ । 

हिजो समेत बजारमा दोश्रो सर्किट ब्रेकरसँगै करिब १ घण्टा अगाडि बजार बन्द गर्नुपरेको थियो । 

सोमबार दोश्रो सर्किट ब्रेकर लाग्दासम्मको अवस्थामा वाणिज्य बैंक समूह ५.०८ प्रतिशतको उछाल आएको छ । बिमा समूह ४ प्रतिशतको हाराहारीमा बढेको छ भने विकास बैंक समूह साढे २ प्रतिशतको हाराहारीमा उक्लिएको छ । २२ करोड ८९ लाख बढीको कारोबार भएको छ ।